राष्ट्रिय सहकारी बैंकमा २४.३८ प्रतिशत तरलता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

राष्ट्रिय सहकारी बैंकमा २४.३८ प्रतिशत तरलता



काठमाडौं । राष्ट्रिय सहकारी बैंकले चालु आर्थिक वर्षको चैत महिनाको अपरष्किृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार यस अवधिमा बैंकको कुल सम्पति ५२ अर्ब २५ करोड ६४ लाख रुपैंया पुगेको छ ।

त्यस्तै, यस अबधिमा बैंकको तरलता रकम १० अर्ब ८३ करोड २४ लाख रुपैयाँ अर्थात् २४.३८ प्रतिशत तरलता रहेको छ। जुन अघिल्लो महिनाको तुलनामा सहकारी बैंकको तरलतामा सुधार आएको देखिएको छ । अघिल्लो महिनामा बैंकको २३.८२ प्रतिशत मात्र तरलता थियो ।

चैत मसान्तसम्म सहकारी बैंकमा कुल शेयर सदस्यहरुको संख्या १५ हजार ८७५ रहेको छ भने कुल ऋणी सहकारी सदस्यको संख्या २ हजार ५१७ रहेको छ ।

उक्त वित्तीय विवरण अनुसार हाल बैंकको शेयरपुँजी २ अर्ब ९४ करोड ३० लाख रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा एक अर्ब ४ करोड ९९ लाख, कुल बचत ४४ अर्ब ४३ करोड ३ लाख, ऋण लगानी ३३ अर्ब ६४ करोड ९१ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, समिक्षा अवधिमा बैंकको कुल संस्थागत पुँजी एक अर्ब १३ करोड ७१ लाख, विभिन्न कोषको जम्मा रकम ६८ करोड ९९ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित : ६ बैशाख २०८०, बुधबार १३:४६