बिहीबार ६ घण्टाका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द रहने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

बिहीबार ६ घण्टाका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द रहने



काठमाडौं । बिहीबार बिहान ६ घण्टा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान-अवतर दुवै नहुने भएको छ । बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म विमानस्थलमा कुनै पनि उडान–अवतरण नहुने विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीले जनकारी दिएका छन् ।

महानिर्देशक तिवारीका अनुसार उक्त समयमा विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान सबै बन्द रहनेछन् ।विमानस्थलको विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउने क्रममा अनलाइन यूपीएस जडान गर्ने काम जारी रहेकोले बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म सबै उडान बन्द रहने जनाइएकाे छ ।

त्यस्तै, उडान बन्द रहने समयमा उडान गर्ने यात्रुले आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी व्यवस्था मिलाउन समेत विमानस्थलले यात्रुसँग अनुरोध गरेको छ ।

प्रकाशित : ६ बैशाख २०८०, बुधबार १२:०९