फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको नाफा १७.१२ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको नाफा १७.१२ प्रतिशतले बढ्यो



काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांशमा वृद्धि भएको छ । आर्थिक वर्षको चैत्र मसान्तसम्म कम्पनीले १९ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १६ करोड ६१ लाख रुपैयाँ आर्जन गरेको थियो । जुन, अहिलेको भन्दा १७.१२ प्रतिशतले बढी हो ।

समीक्षा अवधिमा लघुवित्तको नाफासँगै खुद ब्याज आम्दानी ३.४२ प्रतिशतले वृद्धि भएको छ भने कम्पनीको कुल सञ्चालन आम्दानी भने १७.७५ प्रतिशतले घटेको छ । त्यस्तै, चालु अर्थिक वर्षको तेस्रो त्रैमासमा लघुवित्तको इम्पेरमेन्ट चार्ज ४ करोड ३५ लाखबाट घटेर १ करोड ५८ लाखमा सिमित भएको छ ।

त्यस्तै, लघुवित्तको नाफा बढे पनि प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेको छ । समीक्षा अवधिमा लघुवित्तको ईपीएस ३७ पैसाले घटेर २२ रुपैयाँ ६० पैसा कायम भएको छ । यो अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १ सय ३७ रुपैयाँ ७३ पैसा रहेको छ ।

प्रकाशित : ६ बैशाख २०८०, बुधबार ११:४७