निफ्राको खुद नाफा बढ्यो, अन्य सूचक कस्तो रह्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

निफ्राको खुद नाफा बढ्यो, अन्य सूचक कस्तो रह्यो ?



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म बैंकको खुद नाफा ६७.२८ प्रतिशतले बढेर १ अर्ब १६ करोड १८ लाख ३८ हजार रुपैयाँ पुगेको हो।

अघिल्लो वर्षको यसैअवधिमा यसले ६९ करोड ४५ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी पनि ५५.२२ प्रतिशतले बढेर २ अर्ब ४४ लाख २ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब २९ करोड १३ लाख १६ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो ।

त्यस्तै सञ्चालन नाफा पनि ६७.३१ प्रतिशतले बढेर १ अर्ब ६५ करोड ९७ लाख ६९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो बर्षको यसै अवधिमा यस्तो नाफा ६९ करोड ४५ लाख ५८ हजार रुपैंया कमाएको थियो । चैत मसान्तसम्म आइपुग्दा कम्पनीको चुक्ता पुुँजी २१ अर्ब ६० करोड रहेको छ भने जगेडा कोषमा १ अर्ब ९८ करोड ५८ लाख ३० हजार रुपैंया बराबर जम्मा गरेको छ ।

साथै, यस अवधिसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २ रुपैयाँ ८८ पैसाले बढेर ७ रुपैयाँ १७ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ १९ पैसा छ ।

प्रकाशित : ६ बैशाख २०८०, बुधबार १०:३४