कृषि विकास सहकारीका प्रवन्ध निर्देशकमाथि भएकाे दुरव्यवहार प्रति सहकारी बचाऔं राष्ट्रिय अभियानकाे आपत्ती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

कृषि विकास सहकारीका प्रवन्ध निर्देशकमाथि भएकाे दुरव्यवहार प्रति सहकारी बचाऔं राष्ट्रिय अभियानकाे आपत्ती



काठमाडौं । बैशाख ६ गते भक्तपुरको कृषि विकास बचत तथा ऋण सहकारीका प्रवन्ध निर्देशकमाथि भएको दुरव्यवहार प्रति सहकारी बचाऔं राष्ट्रिय अभियानले आपत्ती जनाएको छ । अभियानले सहकारीका कर्मचारी तथा संचालकमाथि अमानवीय ब्यवहार नगर्न समेत अपिल गरेको छ ।

अभियानले प्रवन्ध निर्देशक समिर खत्रीमाथि भएको अमानवीय ब्यवहारको सम्वन्धित सुरक्षा निकाय, सहकारी अभियन्ता, सहकारीका जिल्ला, प्रदेश, केन्द्रीय संघ तथा महासंघका संचालक त्यसैगरी सहकारी विभाग, मन्त्रालय र जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराएको छ ।

बचाऔं अभियानले यस्ताखाले कार्यले समाजमा द्धवन्द्ध सिर्जना हुनसक्ने, सहकारीका संचालक, कर्मचारी, सहकारीकर्मी असुरक्षित महसुस गरि पलायनको बाटो रोज्नसक्ने भएकोले सदस्यको बचत झनै असुरक्षित हुनजाने भएकोले यस्ता अमानवीय गतिविधि नगर्न आग्रह गरेको छ ।

प्रकाशित : ६ बैशाख २०८०, बुधबार ०८:४३