पछिल्लो २४ घण्टामा नेपालमा १७१ जना नयाँ कोरोना संक्रमित थपिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

टिप्स

पछिल्लो २४ घण्टामा नेपालमा १७१ जना नयाँ कोरोना संक्रमित थपिए



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १७१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १०५ र एन्टीजेन परिक्षण गर्दा ६६ गरी जम्मा १७१ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ८५ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८।७ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या दुई रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार २५ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार २९२ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या ३१ हजार ४९२ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ३९७ जना रहेका छन् ।

प्रकाशित : ५ बैशाख २०८०, मंगलवार १७:३१