आइएमईको ‘७ मा ७ तपाईको मेहनतमा हाम्रो साथ’ योजना सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

आइएमईको ‘७ मा ७ तपाईको मेहनतमा हाम्रो साथ’ योजना सार्वजनिक



काठमाडौं । आइएमईले नयाँ वर्ष २०८० को अवसरमा ‘७ मा ७ तपाईको मेहनतमा हाम्रो साथ’ भन्ने नयाँ योजना सार्वजनिक गरेको छ ।

विदेशबाट नेपाल पैसा पठाउँदा प्रत्येक हप्ता, प्रत्येक प्रदेशबाट १ जनाका दरले सात प्रदेशका ७ जना गरि ४ हप्ताका कुल २८ भाग्यशाली विजेताहरुलाई उपहार स्वरुप जनही नगद ७ हजार प्रदान गरिने कम्पनीले जनाएको छ । उक्त योजना २०८० बैशाख १ गते देखि ३१ गतेसम्मका लागि सञ्चालन हुनेछ ।

विदेशमा रहेका नेपालीहरुले आइएमई वा आइएमईका साझेदारहरु मार्फत पठाएको रकम आइएमई पे, बैंक डिपोजिट तथा आइएमई एजेन्टहरूबाट प्राप्त गरि यस योजनामा सहभागी हुन सक्नेछन् ।

योजना अवधिभर ७ प्रदेशबाट २८ जना भाग्यशाली विजेताहरूको घोषणा सिस्टममा आधारित लक्की ड्र मार्फत गरिनेछ भने सो सम्बन्धि जानकारी कार्यालयका आधिकारिक सामाजिक संजाल र वेभ पेजहरूका अतिरिक्त आम संचार माध्यम मार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित : ५ बैशाख २०८०, मंगलवार १६:०७