एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एपमार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एपमार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुरु



काठमाडौं । एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एपमा स्मार्ट क्युआर भुक्तानी सेवा सुचारु गरेको छ । एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप EBL Touch 24 मार्फत स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ । एभरेष्ट बैंक लिमिटेडको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले मोबाइल बैंकिङ्ग एप प्रयोग गरि स्मार्ट क्युआरमा भुक्तानी गरेर सेवाको शुभारम्भ गरेका छन् ।

यो सेवा सुरुवात भएसंगै एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप प्रयोग कर्ताले भाट–भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपर मार्केट, मेट्रो मार्ट लगाएत स्मार्ट क्युआर नेटवर्कमा आबद्ध २ लाख भन्दा बढी मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न मिल्ने भएको छ ।

ग्राहकहरुले भुक्तानी गरे लगत्तै रकम सिधै एभरेष्ट बैंकको खातामा जम्मा हुनेछ । स्मार्ट क्युआरको सुबिधाले बैंकमा खाता रहेका मर्चेन्टहरुलाई थप सुबिधा पुग्ने विश्वस कम्पनीको रहेको छ ।

प्रकाशित : ५ बैशाख २०८०, मंगलवार १२:४०