ब्याज आम्दानी बढ्दा पनि आरएसडीसी लघुवित्तको नाफा घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ब्याज आम्दानी बढ्दा पनि आरएसडीसी लघुवित्तको नाफा घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा आरएसडीसी लघुवित्तको खुद नाफा ८ करोड ६० लाख २४ हजार रुपैयाँमा सीमित भएको छ । जुन अघिल्लो बर्षको तुलनामा ८.८१ प्रतिशतले कमी हो ।

अघिल्लो वर्षको यसैअवधिमा यसले ९ करोड ४३ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी भने २९.२२ प्रतिशतले बढेर २१ करोड ४० लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले अघिल्लो बर्षको यसै अवधिमा यस्तो आम्दानी १६ करोड ५६ लाखबाट बढेर २१ करोड ४० लाख रुपैंया बराबरको गरेको थियो ।

खराब कर्जा ०.९७ प्रतिशतले बढेर १.३७ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष १ करोड ९३ लाख ६७ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ७ करोड ३७ लाख ६२ हजार रुपैयाँ पुगेको छ ।

यसअवधिमा यस कम्पनीको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ४३ पैसाले घटेर १३ रुपैयाँ १९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ६ पैसा छ । वितरणयोग्य नाफा २२.३५ प्रतिशतले घटेर ५ करोड ६३ लाख ५९ हजार रुपैयाँमा सीमित भएको छ ।

प्रकाशित : ५ बैशाख २०८०, मंगलवार ११:१९