महासंघको केन्द्रीय सदस्यमा डी.बी. बस्नेत मनोनित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

महासंघको केन्द्रीय सदस्यमा डी.बी. बस्नेत मनोनित



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा डी.बी. बस्नेत मनोनित भएका छन् । निवर्तमान केन्द्रीय कार्यकारिणी समिति सदस्यसमेत रहेका बस्नेतलाई आइतबार महासंघका अध्यक्ष चन्द्र ढकालले केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

महासंघको ५४औँ साधारणसभा तथा निर्वाचनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका बस्नेत चैत २९ गते सम्पन्न ५७औँ साधारणसभा तथा निर्वाचनमा भने उम्मेदवार बनेका थिएनन् । उनलाई अध्यक्ष ढकालले मनोनित गरेर महासंघको केन्द्रीय सदस्य बनाएका हुन् ।

अध्यक्ष ढकालले अझै ४ जना मनोनित गर्न बाँकी छ । बस्नेत नेफ्स्कूनका पूर्व अध्यक्ष पनि हुन् । रामेछापका स्थायी बासिन्दा बस्नेत लामो समय व्यापार व्यवसायको क्रममा दोलखा पनि बसेका थिए । उनी दोलखा उद्योग वाणिज्य संघका पनि पूर्व अध्यक्ष हुन् ।

प्रकाशित : ४ बैशाख २०८०, सोमबार १५:०५