सुनचाँदीको मुल्य स्थिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य स्थिर



काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाली बजारमा सुन–चाँदीको मुल्य स्थिर रहेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन–चाँदीको मुल्य स्थिर रहेको हो।

आज छापावाल सुनको मुल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन छापावाल सुनको मुल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य पनि स्थिर रहँदै तोलाको १ हजार ४५० रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदीको मुल्य स्थिर रहँदै तोलाको १ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : ४ बैशाख २०८०, सोमबार ११:२९