राष्ट्रिय सहकारी बैंककाअध्यक्ष के.बी.उप्रेती प्रबल जनसेवाश्रीबाट विभूषित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

राष्ट्रिय सहकारी बैंककाअध्यक्ष के.बी.उप्रेती प्रबल जनसेवाश्रीबाट विभूषित



काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.बी.उप्रेती “प्रबल जनसेवाश्री” (चुतर्थ) पदकबाट विभूषित भएका छन् । गत असोज ३ गते संविधान दिवसको अवसरमा घोषित उक्त विभूषणबाट उप्रेती आज सम्मानित भएका हुन । शुक्रबार राष्ट्रपति भवन शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट उप्रेती विभूषित हुनुभएको छ ।

राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने व्यक्तिहरुलाई प्रदान गरिने सम्मान बैंक, वित्तीय तथा सहकारी क्षेत्रबाट अध्यक्ष उप्रेतीलार्ई लाई प्रदानग रिएको छ ।
नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिमगत भदौ २९ गतेको मन्त्रिपरिषद्को सिफारिसमा तत्कालिन राष्ट्रपति विद्यादेवि भण्डारीले संविधान दिवसका अवसरमा उप्रेती र कँडेल सहित ९९८ जनालाई विभिन्न विभूषण, अलङ्का र पदकप्रदान गर्ने घोषणा गरेकि थिइन। सोहि पदकबाट गत वर्ष बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईं विभुषित भएका थिए । अध्यक्ष उप्रतीले विभूषित हुनपाउँदा असाध्यै हर्षित भएको भन्दै ‘अभूतपूर्व सम्मान पाउनु मेरो लागि ठूलो सौभाग्यको कुरा भएको बताए ’ ।

उनले भने “मेरो हौसला, मनोबल र आत्मविश्वासलाई बलियो बनाउनुका साथै अविश्वसनीय अवसर तथा चुनौतीपूर्ण अवस्थाहरूको सामना गर्न सदैब साथ र सहयोग प्रदान गर्नु भएकोमा मेरो परिवार, सहकर्मीहरू, साथीभाइहरू, राष्ट्रिय सहकारी बैंक परिवार एवम् सम्पूर्ण सरोकारवालाहरू प्रति म कृतज्ञ छु” । संकल्प, उद्देश्य र पहिचानको खोजीमा यात्रा गर्नुपर्ने जीवन एउटा सुन्दर यात्रा हो भन्ने मलाई लाग्छ र यस्ता कदर एवम् सम्मानहरूले जीवनको यात्रामा थप उर्जा प्रदान गर्ने भन्दै यो सम्पूर्ण सहकारीकर्मीको सम्मान भएको उल्लेख गरे ।

प्रकाशित : १ बैशाख २०८०, शुक्रबार १५:२१