आशा र राष्ट्र उत्थान लघुवित्त मर्जरमा जादै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आशा र राष्ट्र उत्थान लघुवित्त मर्जरमा जादै



काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । यी दुई लघुवित्तबीच चैत २९ गते गाभ्ने गाभिने विषयको प्रारम्भिक समझदारी भएको हो ।

आशा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालका अनुसार दुवै संस्थाका सञ्चालक समितिका अधिकारीहरुबीच प्राप्ति सम्बन्धी सहमतिमा हस्ताक्षर भएको हो। आशा लघुवित्त नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडानम्बर ६ मदानपुरमा केन्द्रीय कार्यालय रही देशका विभिन्न जिल्लामा ५५ वटा शाखामार्फत वित्तीय सेवा दिंदै आएको कम्पनी हो ।

यस्तै, राष्ट्र उत्थान लघुवित्तको केन्द्रीय कार्यालय चाहिँ काभ्रेको बनेपा नगरपालिका वडानम्बर १३ साँगामा रहेको छ । यो लघुवित्तको पनि ७ वटै प्रदेशका विभिन्न जिल्लामा १०० वटा शाखा कार्यालय रहेका छन् ।

राष्ट्र उत्थानको चुक्तापूँजी २६ करोड रुपैयाँ रहेको छ । यस्तै, आशा लघुवित्तको चुक्तापूँजी ३३ करोड ३९ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित : ३० चैत्र २०७९, बिहीबार ११:२८