काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको कार्यकारणी समितिको निर्वाचन जारी छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा जारी निर्वाचनमा देशभरबाट आएका उद्योगीव्यवसायी मतदाताले उत्साहजन रुपमा मतदान गरिरहेका छन् । उनीहरुले मुलुकको वर्तमान आर्थिक चुनौतीको सामनागर्न सक्ने तथा सबै व्यवसायीलाई समेट्न सक्न ेसक्षम एवं सवल नेतृत्व आफुहरुको चाहना भएको बताएका छन् ।
निर्वाचनका मतदान गर्न आएका व्यवसायी विश्वकुमार चन्दले उद्योग व्यवसायलाई स्वस्थ्य र सुदृढ बनाएर निर्धक्क रुपमा चलाउन सक्ने वातावरण तयार गर्ने नेतृत्व महासंघमा आउनु पर्ने बताए । उनले भने, ‘नेतृत्वलाई ठूलो चुनौती छ । चुनौतीलाई सामना गर्नु अवसर प्राप्त हुन्छ । निजीक्षेत्रलाई नेपाल सरकारले वेवास्ता गरेको छ ।सरकारसंग नङ्ग र मासुको सम्वन्ध बनाएर व्यवसायीका माग अघि वढाएर व्यवसायीलाई निर्धक रुपमा व्यवसाय गर्ने वातावरण बनाइनु पर्छ ।‘
अर्का व्यवसायी दीपकशाहील व्यवसायीका प्रतिनिधित्व गर्न सक्ने व्यक्तिलाई नेतृत्वमा चयन गर्नुे पर्ने बताए । उनले पछिल्लो समय मिटर व्याजीको नाममा झै बैंकहरुबाट व्याजदर बढीलिइरहेका गुनासो गरे । उनले भने ,जीवनस्तर उकास्न नयाँ नेतृत्वको आवश्यक छ । आर्थिक तरलतालाई निवारण गर्नु पर्छ । मिटर व्याजीहरु वहुउदेश्य संस्थाहरुले जनतालाई लुटिरेहका छन् । बैकहरुको ८ प्रतिशत व्याजदर थियो । अहिले १८ प्रतिशतसम्म पुर्याएका छन् । नेपालीहरुको जीवन स्तरमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।नेपालका उत्पादनशील क्षेत्रहरु कमजोर स्थितिमा छन् । नेपालमै स्वरोजगार उत्पादन गर्न उधोग वाणिज्य महासंघले भूमिका निर्वाह गर्नु पर्छ ।
त्यस्तै अर्का व्यवसायी राजेन्द्र घिमिरेले सामान्य व्यवसायीलाई पहिचानमा राखेर त्यसको भविष्य देख्न सक्ने नेतृत्व आउनु पर्ने बताए । उनले भने, नेतृत्व चयन गर्दा समस्यालाई बुझन सक्ने हुनु पर्छ । सामान्य व्यवसायीलाई पहिचानमा राखेर त्यसको भविष्य देख्न सक्ने नेतृत्व आउनु पर्छ । व्यवसाय श्रुतिशर्माले व्यवसायीहरुलाई व्यवसाय गर्ने आर्थिक स्थायीत्वका लागि सहजीकरणको भूमिका खेल्न सक्ने र महिला व्यवसायीलाई समेटेर अगाडि वढन सक्ने नेतृत्व आवश्यक भएको बताए ।
Comment