युनाईटेड मोदी हाईड्रोपावरलाई प्राथमिक शेयर निष्कासनको अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

युनाईटेड मोदी हाईड्रोपावरलाई प्राथमिक शेयर निष्कासनको अनुमति



काठमाडौं २० माघ । युनाईटेड मोदी हाईड्रोपावर लिमिटेडले प्राथमिक शेयर निष्कासनको अनुमति पाएको छ । युनाईटेड मोदी हाईड्रो पावरलार्इ धितोपत्र बोर्डले बुधबार अनुमति दिएको हो ।

कम्पनीले १७ लाख २५ हजार कित्ता निष्कासनको अनुमति पाएको हो । कम्पनीले १७ करोड २५ लाख रुपैयाँ बराबरको १५ प्रतिशत सर्बसाधारणको लागि शेयर निष्कासन गर्ने छ ।

यो पर्बत जिल्लामा निर्माण भएको परियोजना हो । बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल रहेको छ । कम्पनीले अनुमति पाएपछि केहि दिनको प्रक्रियापछि एनआइबिएल क्यापिटलले  शेयर निष्कासन गर्ने छ ।

प्रकाशित : २० माघ २०७३, बिहीबार ०६:४३