निजी क्षेत्रको सहयोग बिना मुलुकले आर्थिक संमृद्धि हासिल गर्न सक्दैन: उद्योगमन्त्री रिजाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

निजी क्षेत्रको सहयोग बिना मुलुकले आर्थिक संमृद्धि हासिल गर्न सक्दैन: उद्योगमन्त्री रिजाल



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले देश ठूलो आर्थिक समस्याबाट गुज्रिरहेको बताउँदै निजी क्षेत्रको सहयोग बिना सरकारले व्यापार घाटा काम गर्न नसक्ने प्रष्ट पारेका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभामा उनले यस्तो बताएका हुन् ।

देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका उनले आयात निर्यातमा परेको ठूलो खाडल र उद्योगी व्यवसायीहरु निरुत्साहित देखिएकोले आर्थिक समस्या टार्न निजी क्षेत्रसंगको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

‘तपाईंहरुको सहयोग विना सरकारले आर्थिक संमृद्धि पाउन सक्दैन, नेपाल सरकार तपाईंहरुलाई हरेक कुरामा सहयोग गर्न तयार छ ।’, उनले भने । मन्त्री रिजालले अन्तरमन्त्रालयको संमन्वयन अभावका कारण सरकार र निजी क्षेत्रको बीचमा देखिएका समस्याहरुलाई समाधान गर्न संगै सहकार्य गर्नुपर्ने बताए ।

पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रको ब्याजदरका कारण निजी क्षेत्रका उद्योगी व्यवसायीले झेल्दै आएको विविध समस्यालाई बुझेरउनले अर्थमन्त्री र प्रधानमन्त्रीलाई बैंकको ब्याजदर घटाउन आग्रह गरे । मन्त्री रिजालले विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीको प्रभाव नेपालमा परेको तर त्यसलाई सरकारले हेरेर मात्रै नबस्ने भन्दै काम गरेर देखाउने जिकिर पनिगरे ।

प्रकाशित : २८ चैत्र २०७९, मंगलवार १५:१५