अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले जोडबलका साथ काम गरिरहेको छ : प्रधानमन्त्री प्रचण्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थतन्त्र

अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले जोडबलका साथ काम गरिरहेको छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रलाई लयमा फर्काउन सरकारको ध्यान केन्द्रित रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ वार्षिक साधरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्रका सूचकहरुलाई सकारात्मक दिशामा लैजान सरकारले निकै जोड दिएर काम गरिरहेको बताएका हुन्।

उलने ‘तरलताको स्थिति, राजस्वको स्थिति र रेमिट्यान्सको स्थितिलगायत समग्र अर्थतन्त्रका सूचकहरुलाई सकारात्मक दिशामा लैजान सरकारले जोडबलका साथ काम गरिरहेको छ’, उनले भने।

रेमिट्यान्सको सुरुको स्थिति र अहिलेको स्थिति हेर्दा त्यसमा पनि राम्रो सुधार भएको प्रधानमन्त्री दाहालले दाबी गरे। ‘राजस्व संकलन १ अर्बभन्दा तल थियो, अहिले डेढ अर्बभन्दा अगाडि बढ्दैछ’, उनले भने।

पछिल्लो ३ महिनाको अवधिमा अर्थतन्त्रमा आएको सुधारले सन्तोष गर्ने ठाउँ पनि रहेको दाहालले बताए। ‘यो अवधिमा विदेशी मुद्राको सञ्चित सन्तोषजनकमात्रै होइन उत्साहजनक अवस्थामा पुगेको छ’, उनले भने, ‘अहिले हामीलाई ११ महिना पुग्ने विदेशी मुद्राको सञ्चित छ। यो राम्रो संकेत हो।’ बैंक ब्याजदर घटाउने र राजस्व संकलन बढाउनेबारे सरकारका सबै अंगसँग घनिभूत छलफल भइरहेको पनि दाहालले बताए।

प्रकाशित : २८ चैत्र २०७९, मंगलवार १४:४३