५० लाखसम्मको कर्जामा अग्रिम भुक्तानी गरे शुल्क लिन नपाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

५० लाखसम्मको कर्जामा अग्रिम भुक्तानी गरे शुल्क लिन नपाइने



काठमाडौं । काठमाडौं । ब्रैक तथा वित्तीय संस्थाबाट लिएको ५० लाखसम्मको कुनै पनि कर्जा तोकिएको समयभन्दा अगावै चुक्ता गर्दा अग्रिम भुक्तानी शुल्क नलाग्ने भएको छ । मंगलबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले ५० लाख रुपैयाँसम्मको कुनै पनि कर्जामा अग्रिम भुक्तानी आएमा शुल्क लिन नपाउने जनाएको हो ।

यदि यस्ता कर्जा अग्रिम भुक्तानी गर्दा बैंक तथा वित्तीय संस्थाले कुनै शुल्क लिएमा वा लिने जानकारी दिएमा उक्त संस्थाको वेबसाइटमा उपलब्ध गराइएको गुनासो सुन्ने अधिकारीसमक्ष गुनासो दर्ता गर्न पनि राष्ट्र बैंकले सेवाग्राहीहरुलाई आग्रह गरेको छ।

उक्त संस्थाबाट गुनासो सुनुवाइ नभएमा राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न सकिने पनि सूचनामा उल्लेख छ।

प्रकाशित : 11 April, 2023 11:47 am