सुनको मुल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थतन्त्र

सुनको मुल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मुल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ५०० रुपैयाँले बढेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ।

सोमबार छापावाल सुनको मुल्य प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ४३५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ४३० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : २८ चैत्र २०७९, मंगलवार ११:३७