काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले उठाएका माग सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको बैठकमा सोमबार बोल्दै थापाले काठमाडौं महानगरपालिकासँग देखिएको टकराव सम्बोधन गर्न आजै पहलकदमी लिन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।
प्रधानमन्त्रीलाई मेरो आग्रह छ, काठमाडौं महानगरपालिका प्रमुखसँग तत्काल वार्ता गरियोस्, जायज माग पूरा गरियोस्, यसमा काठमाडौंबाट निर्वाचित जनप्रतिनिधिलाई पनि सहभागी गराइयोस्’ उनले भने ।
Comment