निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढायो



काठमाडौं १९ माघ । नेपाल आयल निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाएको छ।अब उपभोक्ताले एक सिलिण्डर ग्यासलार्इ १३ सय ५० रुपैयाँ तिर्नुपर्नेछ।

यसअघि प्रति सिलिण्डर ग्यासको मूल्य १३ सय २५ रुपैयाँ थियो।निगम व्यवस्थापनको बुधवार बसेको बैठकले ग्यासको मूल्य बढाएको हो।इन्डियन आयल कर्पोरेशन(आइओसी)ले फेब्रुअरीमा पठाएको नयाँ मूल्य अनुसार निगमलार्इ ग्यासमा घाटा धेरै भएकोले मूल्य बढाएको हो।यसअघि पनि निगमलार्इ ग्यासमा प्रतिसिलिण्डर ७८ रुपैयाँ २४ पैसा घाटा थियो।निगम स्रोतका अनुसार डिजलमा नोक्सानी बढेपनि मूल्य यथावत राखिएको छ।

प्रकाशित : 1 February, 2017 12:49 pm