केही नयाँ, गुणात्मक र परिणाममुखि बजेट निर्माण गर्ने सरकारको तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थतन्त्र

केही नयाँ, गुणात्मक र परिणाममुखि बजेट निर्माण गर्ने सरकारको तयारी



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र संकटबाट सुधारतर्फ उन्मुख भएको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको ७२औं वार्षिक साधारण सभामा बोल्दै उनले अहिले अर्थतन्त्रका आधारभूत सूचकहरु प्रारम्भिक रुपमा सकारात्मक दिशातर्फ बढिरहेको बताएका हुन्।

तर, उनले अहिले अर्थतन्त्र सुधारतर्फ उन्मुख भइरहे पनि पूर्णतः संकटमुक्त भने भइनसकेको बताए । यस्तै, प्रधानमन्त्रीले आफ्नो नेतृत्वको सरकारले आगामी बजेट गुणात्मक र परिणाममुखि निर्माण गर्ने बताए ।

आउने बजेटमा परम्परागत तरिकाले नभएर गुणात्मक र परिणाममुखि बजेट निर्माण गर्ने सरकारको तयारी रहेको बताए । यस्तै, प्रधानमन्त्रीले बैंकको ब्याजदर घटाउने निरन्तर पहल भइरहेको पनि बताए ।

प्रकाशित : २७ चैत्र २०७९, सोमबार १३:५०