हकप्रद निष्कासन गर्न हिमालयन उर्जालाई आयोगले दियाे अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

मुख्य समाचार

हकप्रद निष्कासन गर्न हिमालयन उर्जालाई आयोगले दियाे अनुमति



काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद बिक्रीको अनुमति पाएको छ । कम्पनीले विद्युत नियमन आयोगबाट चैत २६ गते आइतबार चुक्ता पुँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासनको लागि स्वीकृति पाएको हो ।

कम्पनीले चुक्ता पुँजीको आधारमा १ बराबर २ को अनुपात (२०० प्रतिशत) हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेको थियो । विद्युत नियमन आयोगले हिमालयन उर्जा विकासको हकप्रद सेयरको आकार आधा घटाएर मात्र स्वीकृति दिएको हो ।

अब हिमालय उर्जाले हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेस गर्नेछ । सेबोनबाट अनुमति पाएपछि मात्रै हिमालय उर्जाले हकप्रद जारी गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी ९९ करोड रुपैयाँ रहेको छ । बोर्डकाे १०० प्रतिशत हकप्रद सेयर निष्कासनकाे अनुमति पाएपछि चुक्ता पुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित : २७ चैत्र २०७९, सोमबार १३:२७