राष्ट्रिय आयुर्वेद एसोसिएसन नेपालको अध्यक्षमा पुनः भट्टराई निर्वाचित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

मुख्य समाचार

राष्ट्रिय आयुर्वेद एसोसिएसन नेपालको अध्यक्षमा पुनः भट्टराई निर्वाचित



काठमाडौं । राष्ट्रिय आयुर्वेद एसोसिएसन नेपालको अध्यक्षमा पुनः इटहरीका जगतबहादुर भट्टराई निर्वाचित भएका छन् । राष्ट्रिय आयुर्वेद एसोसिएसन नेपालको प्रथम अधिवेशनले भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

अध्यक्षमा भट्टराई निर्विरोध रूपमा चयन हुँदा कृष्णबहादुर राउत वरिष्ठ उपाध्यक्षमा चयन भएका छन् । यस्तै, उपाध्यक्षमा बालगोपाल श्रेष्ठ, सरिता भन्डारी, डा. सञ्जीव कुमार यादव, संजय कुमार प्रसाद, दिल बहादुर श्रेष्ठ, डा.प्रफुल्लचन्द्र यादव, शालिकराम भुसाल, डा. शंकर प्रसाद रिजाल, र लोकराज भट्ट चयन भएका छन् ।

यस्तै, महासचिवमा हृदयनारायण चौधरी, सचिवमा नारायण खतिवडा, जयन्ती सिवाकोटी र कोषाध्यक्षमा सपना खत्री चयन भएका छन् भने सह–कोषाध्यक्षमा रामबाबू यादव चयन भएका छन् ।

सदस्यहरूमा किरण न्यौपाने, डा.विवेक गुप्ता, डा. राम पुकार यादव, गीतादेवी दाहाल, ईन्द्रजित कुमार यादव, आरती कुमारी चौधरी, धर्विन्द्र बहादुर सार्की र ओमराज लिम्बू चयन भएका छन् ।

अधिवेशनको उद्घाटन सत्रमा पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल प्रमुख अतिथि थिए । उनले आयुर्वेद क्षेत्रले देशमा उल्लेखनीय भूमिका निर्वाह गरेको बताए ।

प्रकाशित : २७ चैत्र २०७९, सोमबार ११:५३