यूएईबाट आईएमई गर्दा घडी उपहार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

यूएईबाट आईएमई गर्दा घडी उपहार



काठमाडौं  १९ माघ। आईएमईले यूएईस्थित अलअहलिया एक्सचेन्जको कुनै पनि शाखाहरु मार्फत पैसा पठाउँदा घडी उपहार दिने भएको छ । आईएमईबाट नेपाल पैसा पठाउने सेवाग्राहीहरुलाई घडी उपहार दिने भएको हो ।


योजना अनुसार प्रथम कारोबारमा सेवाग्राहीहरुले एउटा कुपन प्राप्त गर्ने छन् । सो कुपन देखाएर दोस्रो कारोबार गरेमा घडी प्राप्त गर्न सक्नेछन् ।

योजना फेब्रवरी महिनाबाट शुरु भई मार्च महिनाको अन्त्यसम्म लागु हुनेछ । प्रति कारोबार १ हजार दिराम भन्दा माथिको रकममा मात्र यो योजना लागु हुनेछ ।

प्रकाशित : 1 February, 2017 11:52 am