लघुवित्तका समस्या र समाधानका उपाय खोजी गर्न गठित समितिले सुरु गर्यो काम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लघुवित्तका समस्या र समाधानका उपाय खोजी गर्न गठित समितिले सुरु गर्यो काम



काठमाडौं । ‘लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र समाधानका उपायहरु’का विषयमा अध्ययन गर्न गठित समितिले काम सुरु गरेको छ । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको निर्णयअनुसार आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठको संयोजकत्वमा गठित समितिले काम थालेको हो ।

समितिले लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र समाधानका लागि चाल्नुपर्ने कदमका बारेमा सरोकारवालासँग सुझाव पनि मागेको छ । सुझाब आगामी बैशाख २० गतेभित्र पठाइसक्नुपर्ने छ ।

प्रकाशित : २६ चैत्र २०७९, आईतवार ११:३९