निजी,सार्वजनिक साझेदारी मोडलमा सहकारी पनि समावेश गरिनु पर्छः अध्यक्ष कँडेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

निजी,सार्वजनिक साझेदारी मोडलमा सहकारी पनि समावेश गरिनु पर्छः अध्यक्ष कँडेल



काठमाडाैं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले सरकारले निजी सार्वजनिक साझेदारी मोडल अगाडि सारेपनि अब सहकारी क्षेत्रलाई पनि त्यसमा समावेश गरिनु पर्ने बताएका छन् । काठमाडौंमा शुरु भएको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको तेस्रो दिनमा ‘निजी, सार्वजनिक र सहकारीबीचको साझेदारीका लागि साझा मञ्च’ विषयमा छलफल बोल्दै उनले सो कुरा बताएका हुन ।

७४ लाख सदस्य, ७ खर्बभन्दा बढी पुँजी भएको र ३० हजार बढी सहकारीहरु भएको क्षेत्र सहकारी भएको र अब सहकारीलाई यो मोडेलमा समावेश गराउनु पर्ने उनको भनाइ छ । अहिले बाधकका रुपमा रहेका ऐन कानुनलाई फुकाउन सकियो भने काम गर्न धेरै सजिलो हुने र सहकारी क्षेत्रको विकास र विस्तार हुन पनि सघाउ पग्ने उनको धारणा छ । यसले समग्र देशको अर्थतन्त्रमा पनि सहयोग पुग्ने उनको भनाइ छ ।

‘सहकारी क्षेत्रले सञ्चालन गरेका चिया, खाद्य, दुध लगायत धेरै उद्योग छन्, पछाडि परेका वर्गको उत्थानका लागि सहकारीले धेरै राम्रो काम गरेका छन् । कृषि उत्पादनलाई बजारीकरणका लागि पनि सहकार्य गर्न आवश्यक छ । कृषिका प्रशोधन उद्योग खोल्न सकिन्छ । पर्यटनको सम्भावना भएका क्षेत्रहरुको पहिचान गरेर मिलेर काम गर्न सकिन्छ, अब सहकारी क्षेत्रलाई यो मोडलमा संलग्न गर्न ढिलाइ गर्नु हुँदैन ।’

प्रकाशित : २५ चैत्र २०७९, शनिबार १४:५१