बलियो अर्थतन्त्रका लागि निजी र सार्वजनिकसँगै सहकारीलाई पनि साथ लैजानु पर्छः रजिष्ट्रार घिमिरे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

बलियो अर्थतन्त्रका लागि निजी र सार्वजनिकसँगै सहकारीलाई पनि साथ लैजानु पर्छः रजिष्ट्रार घिमिरे



काठमाडाैं । सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सरकारले बलियो अर्थतन्त्रका निजी र सार्वजनिकसँगै सहकारीलाई पनि सँगै संलग्न गराएर जानु पर्नेमा सरकार सकारात्मक रहेको बताएका छन् । तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको तेस्रो दिन शनिबार आफ्नो धारणा राख्दै तीन खम्बामध्ये एउटा खम्बा कमजोर भयो भने अर्थतन्त्र नै कमजोर हुने बताउँदै उनले यसका लागि तिनवटै खम्बाहरु बलियो हुनु पर्ने बताए । यी तिनवटै खम्बाले आ–आफ्नै जिम्मेवारीहरु पुरा गर्नु पर्ने उनको भनाइ छ ।

‘निजी क्षेत्रको संलग्नता हुनु भनेको पुँजी निर्माण र पुँजी परिचालनको लागि हो । सरकारले वातावरण सिर्जना गर्ने, अनुगमन र नियमन गर्ने हो । सहकारीलाई सामाजिक परिचालनमा सहभागी गराउनु पर्छ भन्ने हो । सहकारीले लगानीभन्दा पनि सहकार्यमा जोड दिनुपर्छ । सहकारीहरु संगठित हुनु पर्नेमा झन् कमजोर बन्दै गएको होकी भन्ने महसुस सरकारलाई भएको छ’, उनले भने । त्यसैगरी सहकारीलाई एकीकृत ढंगबाट कसरी ल्याउन सकिन्छ, सूचनाहरुलाई केन्द्रिकृत गरेर त्यसलाई उपलब्ध गराउने, सहकारीको स्ट्रेन्थ बढाउने विषयमा पनि सरकार काम गरिरहेको उनको भनाइ छ ।

‘ऐनले परिकल्पना गरेका कार्यक्रमहरु कार्यान्वयन गरेर अगाडि बढ्नु पर्छ, अब निजी क्षेत्र र सहकारीबीच प्रतिस्पर्धाभन्दा पनि सहकार्य आवश्यक छ, यसमा सरकार पनि सकारात्मक छ,’ उनले भने ।

प्रकाशित : २५ चैत्र २०७९, शनिबार १४:२६