सहकारीको जस्तो नेटवर्क अन्य संस्थाको छैन : केबी उप्रेती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सहकारीको जस्तो नेटवर्क अन्य संस्थाको छैन : केबी उप्रेती



काठमाडौं । राष्टिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारी क्षेत्रमा सबैको आकर्षण हुने किसिमले काम गर्न आवश्यक रहेको बताएका छन् ।

काठमाडौंमा शुरु भएको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको तेस्रो दिन शनिबार ‘विश्वमा बदलिंदो कार्य वातावरणः संस्थागत सफलताको आधार’ विषयगत छलफला भाग लिंदै अध्यक्ष उप्रेतीले सहकारीमा ठूलो नेटवर्क रहेको बताउँदै सो नेटवर्कको सही किसिमले सदुपयोग गरेर काम गर्नुपर्ने बताए ।

‘अब सहकारीबाट सिकेर अरु ठाउँमा जाने होइन, अरु ठाउँबाट सिकेर सहकारीमा आउने वातावरण सिर्जना गर्नुपर्छ, नेटवर्कको अधिकत प्रयोग गर्नु पर्छ, अहिलेको समस्या हाम्रो कारणले मात्रै होइन, यो विश्वव्यापी कारणले हो, सहकारीमा क्षमता विकास गर्नुपर्छ,’ उनले भने ।

सहकारीकर्मीहरुमा एकताको भावना विकास गर्दै उत्कृष्ट सेवा र दक्ष जनशक्ति अनिवार्य गरिनुपर्ने औंल्याए । उनले सहकारीको जस्तो संजाल अन्य निकायमा नभएकाले सकरात्मक दृष्टिकोणका साथ काम गर्न आब्हान गरे ।

राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा भएको महासम्मेनको शनिबार समापन हुँदैछ । कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञहरुले विषयगत कार्यपत्र प्रस्तुत भइरहेका छन् । महासम्मेलनमा ७० जिल्लाका करिब १ हजार जनाको सहभागीता रहेको छ ।

प्रकाशित : २५ चैत्र २०७९, शनिबार ११:२८