काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट भाषण लेख्न बजेट मस्यौदा लेखन समिति गठन गरेको छ । मन्त्रिस्तरको आजको निर्णयबाट अर्थ मन्त्रालयका सहसचिव भुपाल बरालको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको हो।
समितिका सदस्यहरुमा अर्थ मन्त्रालयका सहसचिवहरु उत्तमकुमार खत्री, धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा सदस्य छन्। समितिका सदस्यहरुलाई आगामी वर्षको बजेटको मस्यौदा लेखनका लागि कार्यक्षेत्रहरुसमेत तोकिएको अर्थ मन्त्रालयले जनाएको छ।
Comment