सहकारी जन्माएर अलपत्र पार्न पाइदैँनः बडाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सहकारी जन्माएर अलपत्र पार्न पाइदैँनः बडाल



काठमाडाैं । राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशवप्रसाद बडालले सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताए । विहीबारबाट काठमाडौंमा शुरु भएको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

‘सहकारी जन्माएर अलपत्र पार्न पाइदैँन’, उनले भने, ‘सरकारले पनि जिम्मेवारी निर्वाह गर्नुपर्छ ।’
सहकारीकर्मी आफैं करेक्सन गर्ने, गल्ती नदोहोर्याउने गर्नुका साथै सहकारीको सुधारका लागि संयुक्त र प्रभावकारी नियमन गर्नुपर्ने बडालले बताए ।

‘सदस्यको पैसा संरक्षण गर्न सञ्चालक, व्यवस्थापन र लेखा समिति सक्रिय हुनुपर्छ’, उनले भने’, सहकारी बलियो भएन भने कुनै निकायको भविष्य हुँदैन, सहकारी आधार हो, कमजोरी हट्नुपर्छ ।’

प्रकाशित : २४ चैत्र २०७९, शुक्रबार १५:०३