सहकारीको विकासका लागि नीतिगत सुधार गर्न मन्त्रालय तयार छ: सचिब डा.रेग्मी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारीको विकासका लागि नीतिगत सुधार गर्न मन्त्रालय तयार छ: सचिब डा.रेग्मी



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिब डा.दामोदर रेग्मीले सहकारी क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न मन्त्रालय तयार रहेको बताएका छन् ।

काठमाडौंमा जारी सहकारी महासम्मेलन अन्तर्गत ‘सहकारीको स्वनियम र सुशासनको ढाँचाः दर्शन र कानूनको सन्दर्भमा’ विषयक प्यानल बहसमा बोल्दै डा.रेग्मीले सहकारी क्षेत्रलाई अगाडि बढाउन सहकारी अभियन्ताहरुमा एकता आवश्यक रहेको औंल्याए ।

सहकारीहरुले देशको सामाजिक, आर्थिक रुपान्तरणमा भूमिका निर्वाह गरेको साथै आर्थिक सूचक सुधार गर्न भूमिका निर्वाह गरेको उल्लेख गर्दै देशभरका सहकारीहरुलाई सुधार गर्न र कमीकमजोरीहरुलाई सम्बोधन गर्नेगरी नीति निर्माणमा भूमिका निर्वाह गर्ने बताए । उनले भने,‘राम्रा सहकारीलाई प्रोत्साहन गर्न र नराम्रालाई सुधार गर्न मन्त्रालय सँधै तत्तपर छ ।’

प्रकाशित : २४ चैत्र २०७९, शुक्रबार ११:५२