काठमाडौं । पुर्व अर्थमन्त्री डा युवराज खतिवडाले सहकारीकाे अनुगमन र नियमनमा नेपाल राष्ट्र बैंकलाई नगुहार्न आग्रह गरेका छन् । राष्ट्रिय सहकारी महासम्मेलन २०२३ मा बाेल्दै डा खतिवडाले नियमनका लागि छुट्टै निकाय स्थापना गर्न पहल थाल्नु पर्ने बताए ।
राष्ट्र बैंकले नियमन गर्दा सहकारीको मौलिकता हराउने र यसको सिद्धान्त अनुसार अघि बढाउन नसकिने खतिवडाले बताए । सरकारले संसद्मा दर्ता रहेको विद्ययेकमार्फत ५० करोड रुपैयाँ भन्दा बढी कारोबार हुने सहकारीहरुलाई नेपाल राष्ट्र बैंकले नियमन गर्ने प्रस्ताव गरिएको छ ।
Comment