ऋण मिनाह गर्नका लागि भइरहेको राजनीति गलत : पूर्वअर्थमन्त्री खतिवडा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

ऋण मिनाह गर्नका लागि भइरहेको राजनीति गलत : पूर्वअर्थमन्त्री खतिवडा



काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले वित्तिय संस्थाहरुले ऋण मिनाह गर्ने कुरा असम्भव भएको बताएका छन् । विहीबारबाट काठमाडौंमा शुरु भएको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनमा विषयगत छलफलका क्रममा शुक्रबारको छलफलमा बोल्दै २० लाख वा ३० लाख ऋण मिनाह गर्ने भनेर भइरहेको राजनीति गलत भएको उनको भनाइ थियो ।

उनले भने,‘ऋण मिनाह गर्न भनेर सडकमा भइरहेको राजनीति ठिक छैन । सरकारले भन्दा पनि वित्तिय संस्थाहरु आफैंले ऋण मिनाह गरे भइगयो नि । विपतमा परेका बेला मिनाह गर्ने कुरा अलग हो ।’

डा.खतिवडाले व्याजदर घटाउन भइरहेको दबबाले कर्जाको व्याज घटाउँदा बचतको पनि घटाउनुपर्ने भएकाले त्यसको असरबारे सोच्नुपर्ने औंल्याए । पूर्वअर्थमन्त्री डा.खतिवडाले सहकारी संस्थाहरु संचारमाध्यमबाट आफ्नो अभियानका बारेमा जानकारी गराउन चुकेको बताए ।

प्रकाशित : २४ चैत्र २०७९, शुक्रबार १०:५९