सहकारीमा दोस्रो तहको नियामक निकाय आवश्यकः गभर्नर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारीमा दोस्रो तहको नियामक निकाय आवश्यकः गभर्नर



काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको अवस्था अर्थतन्त्र सुधारका लागि सहकारीको भूमिका महत्त्वपूर्ण हुने बताए ।

राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजना गरेको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनमा बोल्दै गभर्नर अधिकारीले सहकारीले न्यून आय भएका व्यक्तिको आयमा सुधार गर्न सहयोग गरेको भन्दै समाज विकासमा पनि सहकारीको ठूलो भूमिका हुने उनको भनाइ थियो ।

सहकारीले अल्पशंख्यक समुदायमा पनि काम गरिरहेको बताउँदै उनले सहकारीले उध्यमशिलता विकासमा लाग्नु पर्नेमा जोड दिए ।

अहिले केही बचत तथा ऋण सहकारीमा समस्या देखिएको भन्दै उनले व्यबस्थापन बलियो नहुँदा समस्या देखिएको बताए । बचत तथा ऋण सहकारीका कारण समग्र सहकारी अभियान छाँयामा परेको अधिकारीको भनाइ थियो ।

गभर्नर अधिकारीले सहकारीमा दोस्रो तहको नियामक निकाय आवश्यक रहेको बताए । गभर्नर अधिकारीले सहकारी क्षेत्रमा केही सिमित सहकारीको गल्तिका कारण समग्र सहकारी क्षेत्र नै बदनामी भएको बताए ।

सहकारी क्षेत्रले सिमान्तकृत वर्गको स्तर सुधारका लागि धेरै राम्रो काम गरेको बताउँदै सरकारले सहकारी क्षेत्रमा बजेट विनियोजन गरी सिमान्तकृत वर्गले पाउने हिसाबले काम भइरहेको बताए ।

‘केही सिमित कमी कमजोरी र फ्रडका घटनाहरुले सहकारीप्रति अविश्वास भएको छ तर समग्रमा सहकारी क्षेत्रले सर्वसाधारणको जीवनस्तर सुधारमा प्रभावकारी काम गरेको छ’,उनले भने ।

प्रकाशित : २३ चैत्र २०७९, बिहीबार १७:४२