सुुनचाँदीको मुल्य सस्तियो, कतिमा भइरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुुनचाँदीको मुल्य सस्तियो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । बिहीबार सुनको मुल्य सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ८०० रुपैयाँले गिरावट भएको हो । चाँदीको मूल्य पनि आज प्रतितोला पाँच रुपैयाँले घटेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख १० हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ६५० रुपैयाँमा झरेको छ ।

बुधबार भने सुनको मुल्यमा नयाँ रेकर्ड कायम भएको थियो । हिजो सुन तोलामा २ हजार रुपैयाँले बढ्दा प्रतितोला एक लाख ११ हजार रुपैयाँ पुगेको थियो ।

बिहीबार चाँदीको मूल्य पनि ओरालो लागेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले सस्तिदा प्रतितोला एक हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन भने चाँदीको मुल्य तोलामा ४० रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार ४४० रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रकाशित : २३ चैत्र २०७९, बिहीबार ११:५९