३ लाखभन्दा बढीले हेरे ‘सुबिसु क्यान ईन्फोटेक’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

३ लाखभन्दा बढीले हेरे ‘सुबिसु क्यान ईन्फोटेक’



काठमाडौं १९ माघ । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा सञ्चालित  ‘सुबिसु क्यान ईन्फोटेक’ मंगलबार ५५ हजार जनाले अबलोकन गरेका छन् । सूचना प्रविधिको महामेलाको २३ औं संस्करण ६ दिनसम्म चलेर मंगलबार सकिएको छ । यस वर्षको मेला ३ लाख १० हजार ९८ जनाले अवलोकन गरेको क्यान महासंघले जनाएको छ ।

यसपटक सेलिब्रेटी, राजनीतिक दलका नेतृत्ववर्ग, नीति निर्मातालगायत बालकदेखि बृद्धसम्मका सर्वसाधारणहरुको बाक्लो उपस्थिती रहेको आयोजकले जनाएको छ । ‘यसले आम नेपालीमा सूचना प्रविधिको पंहुच विस्तार र नीति निर्माणमा योगदान पुर्याउने कुरामा हामी आशावादी छौ’, महासंघले विज्ञप्ति जारी गर्दै भनेको छ । नेपालकै सबैभन्दा ठूलो प्रदर्शनी क्यान महासंघले सन् १९९५ देखि प्रत्येक वर्ष गर्दै आएको छ ।

यस पटकको प्रदर्शनीमा उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा, मुख्य सचिव सोमलाल सुवेदी, परराष्ट्र मन्त्री प्रकाशशरण महत, जनसङ्ख्या तथा वातावरण मन्त्री जयदेव जोशी, उद्योग मन्त्री नविन्द्रराज जोशी, पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले अबलोकन गरेका थिए ।

अवलोकनकर्ताको उत्साहप्रद सहभागिता, उनीहरुको प्रतिक्रिया र विशिष्ट व्यक्तित्वको अमूल्य सल्लाह, सुझावले आगामी दिनहरुमा अझ प्रभावकारी ढंगले कार्यक्रमहरु संचालन गर्न ऊर्जा मिलेको महासंघले बताएको छ ।ई–नेपाल निर्माणलाई मध्यरनजर गर्दै स्मार्ट टेक्नोलोजी र डिजिटाइजेशनलाई प्राथमिकतामा राखेर आयोजना गरिएको प्रदर्शनीमा विभिन्न कम्पनीहरुले भित्र्याएको नयाँ नयाँ प्रविधि र उत्पादनले नेपालमा प्रविधिको विकास, विस्तार र प्रवद्र्धनमा टेवा पु¥याउने महासंघले दावी गरेको छ ।ईन्फोटेकमार्फत् नेपालमा थुप्रै नयाँ  प्रविधि भित्रिएको महासंघले जनाएको छ ।

तिनको बारेमा ईन्फोटेकमार्फत आम नेपालीले प्रत्यक्ष जानकारी लिने अवसर मिलेको छ । प्रदर्शनीमा प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेशिन, राउटर, सिसिटिभी, ब्याट्री, सोलार, युपीएस, इन्डक्सन चुलो, ल्यापटपहरु तथा एन्ड्रोइड स्मार्ट टिभीहरु, स्मार्टफोन/ट्याब्लेट, एन्टीभाइरस र इन्टरनेट सेक्युरिटी, हेडफोन, पावर बैंक, मेमोरी कार्ड, पेनड्राइभ, वाइफाइजडित बिशेष क्यामेरा, ड्रोन र रेकर्डरहरु, पावर बैंक, स्मार्टवाच, सेल्फी स्टिकलगायतका स्टलहरु आकर्षणको केन्द्र बनेका थिए ।

प्रकाशित : १८ माघ २०७३, मंगलवार १२:४३