सेयर बजारमा सामान्य गिरावट, ९१ करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा सामान्य गिरावट, ९१ करोडको कारोबार



काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले ओरालो लागेको छ । आज बजार ५.२० अंकले घटेर १८६६.६८ बिन्दुमा रोकिएको हो । आज कारोबार भएका २६४ कम्पनीको २९ लाख ७१ हजार ९४७ कित्ता सेयर किनबेच हुदाँ ९१ करोड ७६ लाख १० हजार २९६ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा विकास बैंक १०.७८, वित्त कम्पनी २.७० , होटल ३.१८, जलविद्युत कम्पनी ४.४०, माइक्रोफाइनान्स ७.६४ र ट्रेडिङ समूहको उपसूचक ३.०२ अंकले बढेको छ । त्यस्तै, बैंकिङ समूहको उपसूचक ५.८१, जीवन बीमा ८०.७०, उत्पादन तथा प्रशोधन समूहको ०.७२, निर्जीबन बीमा ११९.६३, अन्य समूहको ४.३६ अंकले घटेको छ ।

नेप्सेका अनुसार आज कालिञ्चोक दर्शन लिमिटेडको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ। साथै, प्रभु बैंक डिबेन्चर २०८४ का लगानीकर्ताहरुले सर्वाधिक भने गुमाएका छन् ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी शिबम् सिमेन्टको भएको छ । कम्पनीको ३ करोड ३६ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

प्रकाशित : 4 April, 2023 3:47 pm