क्रिप्टो करेन्सी कारोबारमा संलग्नलाई कारबाहीको चेतावनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

क्रिप्टो करेन्सी कारोबारमा संलग्नलाई कारबाहीको चेतावनी



काठमाडौं । नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी तथा क्रिप्टोकरेन्सी लगायतको कारोबार गैरकानुनी भएकाले नगर्न चेतावनी दिएको छ । बैंकले सोमबार सुचना जारी गरी आम सर्वसाधारणलाई विभिन्न नाममा रहेका भर्चुअल करेन्सीमा लगानी नगर्न सचेत गराएको हो ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागकाअनुसार क्रिप्टो करेन्सीरभर्चुअल करेन्सी, नन फंजिवल टोकन, डिजिटल एसेस्ट, डिसेन्ट्रलाइज्ड फाइनान्स, नेटवर्क मार्केटिङ तथा हाइपर फण्ड, विटक्वाइन कारोबार, लगायतका कारोबार गैरकानुनी रहेको बताएको छ ।

यस्ता कारोबार अन्त्य नभएकाले र आगामी दिनमा कसैले नगरुन् भनेर फेरि आमसर्वसाधारणलाई गैरकानुनी भएकाले नगर्न अवगत गराइएको केन्द्रीय बैंकले बताएको छ । नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा यस्ता भर्चुअल मुद्राले कानुनी मान्यता पाएको छैन । विभागकाअनुसार विदेशी विनिमय ९नियमित गर्ने० ऐन, २०१९ र विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ बमोजिम गैरकानुनी रहेको छ ।

साथै, नेपालमा कानुनी ग्राह्य नभएको, नेपाल सरकारको जमानत प्राप्त नभएको, यस बैंकले निष्कासन समेत नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको र यस्तो कारोबारबाट विदेशमा लगानी हुने देखिएकाले यी भर्चुअल मुद्राको कारोबार नगर्न भनिएको हो । यस्ता कारोबारमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा लगानी, ठगी, कर छली, लगानीको असुरक्षा, पुँजी पलायन, मूल्यमा अस्थिरता एवम् उतारचढाव, सट्टेबाजी आदिसम्बन्धी जोखिमहरु अन्तरनिहित हुने विषयबारे पनि ध्यानाकर्षण गराइएको छ ।

केन्द्रीय बैंकले यस्ता कारोबाररव्यवसाय गैरकानुनी रहेकोबारे यसअघि ४ पटक सम्म सजग गराइसकेको छ । यसअघि २०७४ साउन २९ गते, २०७८ भदौ २४ गते, २०७८ माघ ९ गते र २०७९ साउन ३० गते सार्वजनिक सूचनाहरू प्रकाशन गरेर सजग गराएको थियो ।

प्रकाशित : २१ चैत्र २०७९, मंगलवार ११:३५