काठमाडौं । सिद्धार्थ प्रिमियर इन्सुरेन्स लिमिटेडले सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटललाई चुनेको छ । यस कम्पनीको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब एनएमबि क्यापिटलले गर्नेछ ।
सिद्धार्थ र प्रिमियर इन्सुरेन्सबीच मर्जर प्रक्रिया सम्पन्न भएर गत फागुन १७ गतेबाट एकीकृत कारोबार सुरु भएको थियो ।





Comment