उपनिर्वाचन: उम्मेद्वार विरुद्ध आज उजुरी गर्न सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

उपनिर्वाचन: उम्मेद्वार विरुद्ध आज उजुरी गर्न सकिने



काठमाडौं । आगमी १० बैशाखमा हुने उपनिर्वाचनका उम्मेदवार विरुद्ध उजुरी भए आज(मंगलबार) सम्म दर्ता गर्न सकिनेछ । उजुरीका लागि निर्वाचन कार्यालयले मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सयम तोकेको छ ।

उम्मेदवार विरुद्ध उजुरी परे कार्यालयले बुधवार छानविन गर्नेछ । साथै, उम्मेदवारको नामावली सोही दिनको साँझ प्रकाशन गर्नेछ । त्यस्तै, उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहे बिहीवार ९ देखि दिँउसो १ बजेसम्मको समय तोकिएको छ । कसैले उम्मेदवारी फिर्ता नलिए कार्यालयले सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । उम्मेदवारका लागि चुनाव चिन्ह पनि कार्यालयले सोही बितरण गर्नेछ ।

१० बैशाखमा तनहुँ १, बारा २ र चितवन २ मा उपनिर्वाचन हुँदैछ । उम्मेदवारले सोमवार नै सम्वन्धित निर्वाचन कार्यालयमा उम्मदेवारी दर्ता गराइसकेका छन् । उम्मेदवार अहिले आआफ्ना निर्वाचन क्षेत्रमा चुनावी प्रचासप्रसारद व्यस्तछ । निर्वाचन आयोगका अनुसार १० बैशाखको बिहाने ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।

उपनिर्वाचनमा काँग्रेसले तनहुँ–१ मा गोविन्द्र भट्टराई र चितवन–२ जीतनारण श्रेष्ठ उठाएको छ । बारा–२ मा भने काँग्रेसले जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन गरेको छ । त्यस्तै, एमालेले तनहुँ–१ मा सर्वेन्द्र खनाल र चितवन –२ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ । त्यस्तै बारा–२ मा पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले भने तनहुँ–१ स्वार्णीम वाग्ले, चितवन–२ रवि लामिछाने र बारा–२ मा रमेश खरेललाई उम्मेदवार बनाएको छ । त्यस्तै, जनमत पार्टीले बारा–२ मा शिवचन्द्र कुशवाहलाई उम्मेदवार बनाएको छ । गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ –१ बाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए । उनी राष्ट्रपतिमा निर्वाचित भएपछि उक्त खाली भएको थियो । त्यस्तै, बारा–२ बाट निर्वाचित जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा चयन भएपछि उक्त निर्वाचन क्षेत्र खाली भएको थियो । चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएका थिए ।

आयोगका अनुसार निर्वाचन हुन लागेको तीन क्षेत्र मध्ये सबैभन्दा धेरै उम्मदेवारी बारा–२ मा पुगेको छ । बारा–२ मा ३६ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, तनहुुँ–१ मा भने नौ जनाको उम्मेदवारी परेको छ । चितवन–२ मा २४ जनाको उम्मदेवारी परेको छ ।

उम्मेदवारी परेको मध्ये तनहुँ–१ मा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले चर्चामा छन् । त्यस्तै, बारा–२ मा एमाले उम्मेदवार पुरुषोत्तम पौडेल, सत्ता गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह, रास्वपाका रमेश खरेलको नाम चर्चा छ । चितवन–२ मा भने काँग्रेसको जीतनारण श्रेष्ठ, एमालेको रामप्रसाद न्यौपाने र रास्वपाको रवि लामिछानको नाम चर्चामा छ ।

प्रकाशित : २१ चैत्र २०७९, मंगलवार १०:५६