सहकारीको ऋण तिर्दैनौ भन्नेलाई सामाजिक बहिष्कार गराैं « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

सहकारीको ऋण तिर्दैनौ भन्नेलाई सामाजिक बहिष्कार गराैं

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

बागलुङ। राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक राम बहादुर जिसीले सहकारीका सदस्यले खाइ नखाई जम्मा गरेको वचतको रकम ऋणका रुपमा लिएर तिर्दैनौ भन्नेहरुलाई सामाजिक बहिष्कार गर्न आव्हान गरेका छन् ।

६६ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघ बागलुङ र बागलुङ नगरपालिकाद्वारा सोमबार बागलुङ बजारमा आयोजित मुख्य समारोहमा बोल्दै जिसीले यस्तो बताएका हुन् ।

सहकारीबाट ऋण लगेर व्यवसाय गरेका, सहकारीकै सहयोगमा आफुलाई आर्थिक रुपमा सक्षम बनाएकाहरु समेत यतिबेला सहकारीका विरुद्ध प्रचार अभियानमा लागेका छन्, सहकारीबाट लगेको ऋण तिर्न पर्दैन भन्दै समुह बनाउदै हिडेको भन्दै जिसीले सहकारीको ऋण तिर्दैनौ भन्नेहरुलाई सामाजिक बहिष्कार गर्नु पर्ने बताएका हुन् ।

सहकारीका सदस्यहरुले आफ्नो गास कटाएर जम्मा गरेको वचत रकमबाट ऋण लगेकाहरुलाई ऋण तिर्न पर्र्दैन भन्दै हिडेका छन्, जनताको पैसा तिर्दिन भन्नेहरुको संख्या बढ्न थालेको छ, बैंकका सञ्चालक जिसीले भने, ‘सहकारीको ऋण तिर्दैनौ भन्नेहरुलाई सामाजिक बहिष्कार गर्नुका साथै ठाउँका ठाउँ प्रतिवाद गर्नु पर्दछ ।’

विश्वभर देखिएको वित्तीय समस्याको छिटा नेपालको सहकारीमा पनि परेको छ, सहकारीको समस्या सहकारी अभियानका कारणबाट नआएको चर्चा गर्दै उनँले समस्या आएको छ, यसलाई समाधान गर्न सक्ने क्षमता पनि सहकारी अभियानसंग भएको बताए ।

प्रकाशित : २१ चैत्र २०७९, मंगलबार १०:५५ 4 April, 2023 10:55 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।