काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज बजार १६.६७ अंकले घटेर १८७१.८८ बिन्दुमा रोकिएको हो ।
आज कारोबार भएका २६० कम्पनीको २८ लाख २९ हजार ४२६ कित्ता सेयर किनबेच हुदाँ ९२ करोड २ लाख ४९ हजार रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा ट्रेडिङ समूहको उपसूचक २५.२२ अंकले बढेको छ भने बाकी सबै समूहको उपसूचकमा गिरावट आएको छ । जसमा बैंकिङ समूहको उपसूचक ९.०४, विकास बैंक ३४.३६, वित्त कम्पनी १२.६५, होटल १७.७८, जीवन बीमा ४८.०४, उत्पादन तथा प्रशोधन समूहको ४५.४० माइक्रोफाइनान्स ३९.२५, निर्जीबन बीमा १०३.३७ र अन्य समूहको ८ अंकले गिरावट आएको छ ।
नेप्सेका अनुसार आज कालिञ्चोक दर्शन लिमिटेडको सेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ। साथै, प्रभु बैंक डिबेन्चर २०८४ का लगानीकर्ताहरुले भने सर्वाधिक घाटा बेहोरेका छन् ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । कम्पनीको ३ करोड ६२ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
Comment