राष्ट्रिय वाणिज्य बैंकद्वारा ग्लोबल मनी विकमा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्रिय वाणिज्य बैंकद्वारा ग्लोबल मनी विकमा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्लोबल मनी विकको अवसरमा देशभरि विभिन्न १३४ शाखा कार्यालयहरुमार्फत १० हजारभन्दा बढी युवा विद्यार्थी, कर्मचारी, मजदुर, कृषकहरुमाझ वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ।

अन्तर्राष्ट्रिय रुपमा हरेक वर्ष मार्च महिनाको दोस्रो सातामा मनाइने ग्लोबल मनी विक बैंकले चैत ६ देखि १२ गतेसम्म साताव्यापी ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’को नारासहित सम्पन्न गरेको हो।

बैंकले विभिन्न स्कुल तथा कलेजका हजारौँ विद्यार्थीहरु, कर्मचारी, मजदुर तथा कृषकहरुको सहभागितामा सातै प्रदेशका शाखा कार्यालयहरुबाट देशव्यापी वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको हो। अभियानअन्तर्गत बैंकले डिजिटल बैंकिङ, क्यूआर, पोस सेवा, आरबीबी स्मार्ट बैंकिङ, इन्टरनेट बैंकिङ, पिन तथा पार्सवर्ड सुरक्षा, ओटीपी, रेमिट्यान्स कारोबार, बचत तथा कर्जाको सदुपयोगसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन भएको थियो।

बैंकका विभिन्न शाखा कार्यालयमार्फत वित्तीय सचेतनामूलक अन्तर्क्रिया सञ्चालन भएकोे छ। यसका साथै सामाजिक सञ्जालबाट चेतनामूलक श्रव्यदृश्य सामग्री समेत प्रसारण गरेको छ।

यसै सन्दर्भमा बैंकले सञ्चालन गरेको ग्लोबल मनी विक कार्यक्रमको समीक्षासमेत गरेको छ। बैंकले केही वर्षदेखि हरेक त्रैमासमा सबै शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।

सन् २०१२ देखि प्रत्येक वर्ष विश्वका १७६ भन्दा बढी मुलुकमा सञ्चालन हुँदै आएको ‘ग्लोबल मनी विक’ मूलतः किशोर–किशोरी तथा युवा–युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ, क्यूआर कोड सेवा, पोस सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्यूआर टेलर ९बिनाचेक रकम झिक्न सकिने०, इन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोबाइल बैंकिङ तथा बिना इन्टरनेट चल्ने यूएसएसडी मोबाइल बैंकिङका सेवाहरुसमेत सञ्चालनमा रहेका छन्।

प्रकाशित : १९ चैत्र २०७९, आईतवार १७:३७