महिला लघुवित्त वित्तीय संस्थाको समिक्षा तथा शाखा व्यवस्थापन तालिम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

महिला लघुवित्त वित्तीय संस्थाको समिक्षा तथा शाखा व्यवस्थापन तालिम सम्पन्न



काठमाडौं । महिला अधिकार तथा विकास केन्द्रको आयोजनामा केन्द्रद्धारा संचालित महिला लघुवित्त वित्तीय संस्थाको चालु आर्थीक बर्ष २०७९र८० को समिक्षा तथा अभिमुखीकरण तथा शाखा व्यवस्थापन तालिम सम्पन्न भएको छ ।

महिला लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कृष्ण प्रसाद न्यौपानेको अध्यक्षतामा आयोजित शाखा व्यवस्थापन तालिममा महिला अधिकार तथा विकास केन्द्रका अध्यक्ष तुल्सी थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

स्वागत मन्तव्य राख्दै प्रमुख कार्यकारी अधिकृत न्यौपानेले पछिल्लो समय लघुवित्त कार्यक्रममाथि प्रहार हुनुका साथै संस्थाका जिम्मेवार व्यक्तिहरुको व्यक्तिगत आचरणलाई लिएर बदनियत गर्ने तत्वहरुको हालीमुहाली रहेको बताए ।

बिपन्न बर्गका महिलाहरुको जिविकोपार्जन गर्न दुरदराजमा गएर कार्यक्रम बिस्तार गर्नु आफैमा गौरवको बिषय बताउँदै प्रमुख कार्यकारी अधिकृत न्यौपानेले संस्थामा आवद्ध केही सदस्यहरु सडकमा र सदनसम्म पुगेको बताए ।

साहु महाजनको कर्जा तिर्न नसकेर, कमलरी, हलिया बस्नु परेको अवस्थामा लघुवित्त संस्थाले जिविकोपार्जन गर्दै उघमी बनाउन महत्वपुर्ण भुमिका खेलेको बताए । कर्मचारीहरुलाई अराजक गतिबिधीको वेवास्ता गर्दै, अनुशासित भएर संस्थामा आबद्ध ग्राहकहरुलाई सकरात्मक बनाई आफ्नो जिम्मेवारी पुरा गर्न निर्देशन समेत दिएका छन् ।

संस्थाका योजना तथा अनुसन्धान विभाग प्रमुख नारायण रोकाले संचालन गरिएको कार्यक्रममा आफ्नो मन्तब्य राख्दै महिला अधिकार तथा विकास केन्द्रको अध्यक्ष तुल्सी थापाले महिला लघुवित्तमा आवद्ध कर्मचारीहरु वित्तीय अनुशासनमा विशेष ध्यान दिन आग्रह गरिन ।

अध्यक्ष थापाले लघुवित्तबाट लिईसकेको कर्जा सदस्यले म तिर्दिन भन्न नपाईने कानूनी व्यवस्था रहेको बताईन । गोर्खाली इतिहास बोकेको नेपालीले लिएको कर्जा तिर्दैन भन्न नैतिकताले पनि नसुहाउँने अध्यक्षले सनाई । सोहि प्रशगंमा अध्यक्ष थापाले पछिल्लो समयमा लघुवित्त वित्तीय संस्थाबारे विभिन्न भ्रम पैदा भएको भएपनि विस्तारै सिथिल हुदैजाने बताई । साथै उहाँले संस्थाले महिलाहरुलाई स्वरोजगार बनाउनको लागि समय समयमा तालिम समेत प्रदान गर्ने समेत आश्वासन दिईन ।

मुख्य प्रशिक्षकको भुमिका राजु नेपालले निर्वाह गरेको थिए । तालिममा बिभागीय प्रमुखहरुले आ–आफ्नो बिभागको प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा ४५ जनाको सहभागीता रहेको संस्थाका योजना अनुसन्धान तथा विकास बिभाग प्रमुख नारायण रोकाले बताए ।

होटल अल्फा विटामा दुई दिनसम्म चलेको तालिममा सहायक कार्यकारी अधिकृत हरि प्रसाद गौतम, कर्जा अशुली तथा जोखिम व्यवस्थापन विभाग प्रमुख ईश्वर बहादुर रोका, आन्तरिक लेखा परिक्षण विभाग प्रमुख बलबहादुर राना, अनुगमन विभाग प्रमुुख बुद्धिसागर न्यौपाने, सुचना प्नविधी विकास प्रमुख सुमित बास्कोटा ,योजना तथा अनुगमन विभाग प्रमुख नारायण रोका ,लेखा तथा बित्त बिभाग प्रमुख मनिशा कुवर, सामान्य प्रशासन तथा तालिम विभाग प्रमुख मिमिला पौडेल , ४ वटै सुनिका कार्यालयका प्रमुखहरु ,सहायक कर्मचारीहरु साथै ३५ वटा शाखा प्रमुखहरुको सहभागीता रहेको थियो ।

प्रकाशित : १९ चैत्र २०७९, आईतवार १२:०४