हाम्रो जिवनमा केही यस्ता कुराहरु हुन्छन् जसलाई हामी हरेक दिन देखे भोगको हुन्छौँ तर त्यस्तो कुरा तथा घटना हुनु पछाडिको कारण कहिल्यैपनि जानेका हुँदैनौँ र जान्ने कोसिस पनि गर्दैनौँ । हाम्रो दैनिक जिवन सँग सम्बन्धित केही रहस्य तथा तथ्य र त्यसमा लुकेको गुह्य वास्तविकता यस्ता छन्ः
जिन्स पाइटको अगाडि पटि्टको गोजी माथि एउटा सानो गोजी
जिन्स पाइटको अगाडि पटि्टको गोजी माथि एउटा सानो गोजी हुन्छ र उक्त गोजीको दुबैपटि्ट बटन पनि हुन्छन् । यस्ता साना पकेट सिक्का राख्नका लागि होला भन्ने ठान्छौँ हामी । तर होइन । वास्तवमा १९ औँ सताब्दीमा गाइ गोठाला अर्थात् काउब्वाइज र सुनखानीमा काम गर्ने कामदारको घडी पकेट वाच राख्नका लागि यस्तो सानो गोजीको डिजाइन गरिएको हो । पहिले जिन्स पाइन्ट धेरैजसो श्रमिकहरुले लगाउँथे । कामदारहरुले काम गर्दा जिन्स पाइन्टको गोजी च्यातिने समस्या धेरै हुन्थ्यो । त्यसैले पाइन्टका गोजीलाई मजबूत बनाउनका लागि गोजीको दुबै कुनामा बटन हाल्ने चलन चलेको हो ।
कपडाको जुत्तामा किन राखिन्छ अतिरिक्त प्वाल ?
कहिलेकाहीँ तपाइँलाई पनि अचम्म लाग्दो हो आखिर किन कुनै जुत्तामा साइडमा अतिरिक्त प्वाल राखिएको हुन्छ ? ती प्वाल कुनै तुना छिराउनका लागि बनाइएको होइन । जुत्तामा हावाको भेन्टिलेसनका लागि अतिरिक्त प्वाल बनाइएको हो । जसका कारण जुत्ताभित्रको खुट्टासम्मै हावा छिर्दछ ।
ताप्केको बिँडमा किन प्वाल हुन्छ ?
ताप्केको बिँडमा टुप्पोमा प्वाल हुन्छ । यसरी बिँडको प्वालको काम केवल ताप्के झुण्डाउनका लागि मात्र होइन । पकाउने बेला डाडु पन्यू घुसारेर राख्नका लागि पनि यसको प्रयोग हुन्छ ।
कि बोर्डमा एफ र जे अक्षरको की मा किन सानो लाइन हुन्छ ?
टाइप गर्ने बेला दुबै हातका गरी १० वटा औँला राखिने की हरु मध्ये एफ र जे अक्षरको की मा चोर औँला पर्दछन् । त्यसैले कि बोर्ड नहेरीकन टाइप गर्दा समेत औँलाहरु सही की मा परुन् भन्नका लागि एफ र जे की मा केही उठेको सानो लाइन राखिएको हुन्छ ।
आइफोन मा सानो प्याल
आइफोन मा लेन्स र फ्ल्यास को बीच मा एक सानो प्याल हुन्छ यो एक माइक्रोफोन हो| प्राथमिक माइक जो हामी अक्सर देख्ने गर्छौ त्यो अलग अलग आवाज हरु लाइ ग्रहण गर्न को लागि हुने गर्दछ , जसमा तपाई को अवाज पनि हो
जबकी अर्को माइक आसपास को सोर लाइ ग्रहण गर्दछ | उसमा एक Noise-Canceling Circuitहुन्छ , जसले background को अवाज लाइ हटाउछ र तपाई को आवाज लाइ अधिक स्पस्ट बनाउछ
बॉबी पिन मा वेवी डिज़ाइन
बाबी पिन मा तल पट्टि को डिजाइन यसकारण हुन्छ कि सजिलै संग कपाल मा अडकाउन सकियोस
पेन को ढक्कनमा प्वाल
पेन को ढक्कन मा जो प्वाल हुन्छ उसको बारेमा तपाई हरु लाइ थाहा नै होला यो पेनलाई लिक हुन् बाट मात्र रोक्दैन कि पेन लाइ मुख मा हाल्ने बच्चा बच्ची को ज्यान लाइ खतरा बाट जोगाउछ |
ढक्कन भित्र को प्लास्टिक लाइनर
बोतल भित्र लगाइएको साफ्ट प्लास्टिक ले बनेको यो लाइनर ले एस्तो दबाब बनाउछ जसले पेय पदार्थ को ताजगी जस्ता को तेस्तै रहन्छ र कर्बोनेसन सहि तरिका ले बन्दछ
सोडा कैन मा बनाईएको टैब
यसको प्रयोग स्ट्रा होल्डर को रुप मा गर्न सक्नु हुन्छ अर्को पटक एक पटक जरुर try गर्नु होला |
हवाई जहाज को झ्याल मा ब्रीदिंग होल
हवाई जहाज को झ्याल मा एक सानो झ्याल देखेर न डराउनु होला यो भित्रि र बाहिरी सिसा मा पर्ने दवाब लाइ रेगुलेट गर्न को लागी हुने गर्छ |पुर्वेली न्युजको सहयोगमा
Comment