सेयर बजारको ओरालो यात्रा कायमै, कारोबार रकम ८९ करोडमा सिमित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारको ओरालो यात्रा कायमै, कारोबार रकम ८९ करोडमा सिमित



काठमाडौं । सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार १०.८७ अंकले घटेर १९०८.५५ बिन्दुमा रोकिएको हो ।

आज कारोबार भएका २५४ कम्पनीको २७ लाख ५० हजार६५५ कित्ता सेयर किनबेच हुदाँ ८९ करोड ९५ लाख ३२ हजार १३९ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा होटल समूहको उपसूचक १५.३ अंकले बढेको छ भने बाकी सबै समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको उपसूचक ५.१५, विकास बैंक १५.६३, वित्त कम्पनी १६.२९, जीवन बीमा ३४.५८ उत्पादन तथा प्रशोधन समूहको ३४.९५, माइक्रोफाइनान्स ३२.४६, निर्जीबन बीमा ०.७९, अन्य समूहको १६.१२ र ट्रेडिङ समूहको उपसूचक ४.६१ अकले घटेको छ ।

नेप्सेका अनुसार आज सुपरमाइ हाइड्रोपावर कम्पनीको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ। साथै, आदर्श लघुवित्त वित्तीय संस्थाको सेयरमुल्य भने सबैभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । कम्पनीको ५ करोड ५८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

प्रकाशित : १६ चैत्र २०७९, बिहीबार १६:१३