उदयपुरमा कृषि तथा पशु बीमा कार्यक्रम आक्रामक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

उदयपुरमा कृषि तथा पशु बीमा कार्यक्रम आक्रामक



काठमाडौं, १७ माघ  । कृषकहरुको लागि ल्याइएको कृषि तथा पशु बीमा कार्यक्रम उदयपुरमा आक्रामक रुपले अगाडी बढेको छ ।

आर्थिक अनिश्चिततालाई निश्चिततामा बदल्न नेपालमा कृषि बीमा आएपछि कृषकहरुलाई बीमाबारे सचेत गर्ने कार्यको लागि लुम्बिनी जनरल इन्स्योरेन्सले उदयपुरका ३६ वटा गाविसका प्रतिनिधीहरुलाई कृषि बीमा तालिम समेत प्रदान गरेको छ ।

तालिम पश्चात प्रतिनिधीहरुले स्थानिय स्तरमा कृषि बीमाको महत्व अझै पश्ट पार्ने र कृषकहरुलाई बीमाको दायरामा ल्याउन मदत् गर्ने डिप्रोक्स नेपालका वित्तीय सेवा अधिकृत बिशाल कर्णले बताए । कृषकहरुले आफ्नै दैलोमा बीमा सेवा पाउने भएको कारणले गर्दा तालिम फलदायी हुने उनको बिश्वास रहेको छ ।

हाल लुम्बिनी जनरल इन्स्योरेन्सले संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर तथा सिराह जिल्लामा कृषि बीमा गर्दै आइरहेको छ ।

प्रकाशित : १७ माघ २०७३, सोमबार ०८:५०