शेयर सदस्यको अनुहारमा खुशी खोज्नु संस्थाको कर्तव्य हो : अमृत बास्कुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

शेयर सदस्यको अनुहारमा खुशी खोज्नु संस्थाको कर्तव्य हो : अमृत बास्कुने



काठमाडौं । राष्ट्रिय सहकारी बैंकका सञ्चालक एवम् गण्डकी प्रदेश संयोजक रामबहादुर जिसीले सहकारीहरुले संस्थाका शेयर सदस्यहरुको अवस्थाको पहिचान गर्नु पर्ने बताएका छन् । बेनीमा रहेको लोकदिप बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिकोत्सवको अवसरमा बोल्दै जिसीले उक्त कुरा बताएका हुन् ।

सदस्यसंगै समुदाय प्रति पनि चासो देखाउनु पर्ने भएकोले सहकारी संस्था थप चनाखो र चलायमान हुन पर्ने उनको धारणा थियो । सहकारीहरुले गर्ने गतिबिधिले उनीहरुको मात्रै नभएर समग्र सहकारी क्षेत्रकै शाखलाई प्रभाव पार्छ त्यसैले त्यस तर्फ पनि सोच्दै सदस्यकेन्द्रीत कार्यक्रमहरुमा जोड दिनु पर्ने उनको बिचार थियो । अहिले सहकारी विभागले दिएको निर्देशन अनुरुप कतिपयले कार्यक्रम गरेको र कतिपयले नगरेको भन्दै उनले विभागको निर्देशन कानुन सरह हुने भएकाले सबै सहकारीले मान्नै पर्छ उनले भने ।

स्थानीय मानिसहरु मिलेर चलाएको व्यवसाय सहकारी भएकोले आफ्नै हितका लागि हामीले काम गर्नु पर्ने उनको कथन थियो । लोकदिप बचत तथा ऋण सहकारीले वार्षिकोत्सव कार्यक्रमकै अवसरमा आयोजना गरेको वित्तीय साक्षतामा सहकारी बैंकका सञ्चालक जिसीले पैसा कसरी आम्दानी, खर्च र बचत गर्ने थाहा पाउनु पर्ने भने । उनले पैसा आम्दानी गरेको वा खर्च गरेको मात्रै तथ्याङ्क राख्न सकियो भने पनि बचत बढाउन सकिने भएकोले पैसाका सबै शिर्षकमा भएका खर्च चुस्त राख्ने प्रयास गर्दा राम्रो हुने धारणा व्यक्त गरे । उनले थपे चुस्त हामीले राख्नु पर्दैन, सबै कारोबार सहकारीबाट गर्नुस् तपाइको सबै हिसाव सहकारी संस्थाले नै राखिदिन्छ ।

सहकारीले स्थापना दिवसको अवसरमा आयोजना गरेको निवन्ध लेखन प्रतियोगितामा प्रथम हुने प्रकाश माध्यमिक विद्यालयकी छात्रा गृष्मा जिसी, द्वितिय हुने लिटल गार्डेन एकेडेमीकी विदीसा सुवेदी, तृतीय हुने न्यूहोराइजन बोर्डीङ पर्वतकी स्मृती जिसी रहन । त्यसैगरी निवन्ध लेखनमा सान्त्वना स्थान धौलागिरी मावि सिंगाकी सिता गुरुङ र बेनी सामुदायिक विद्यालयकी सजिना शर्माले गरेकी थिइन् । प्रथम, द्वितिय, तृतीय र सान्त्वना स्थान हासिल गर्नेलाई नगद सहित प्रमाणपत्र प्रदान गर्नुका साथै सहकारीले सञ्चालन गरेको खुत्रुके बचतका लागि खुत्रुके प्रदान गरीएको थियो ।

संस्थाले स्थापना दिवसका अवसरमा बालगृह म्याग्दीमा खाद्यान्न सहयोग गरेको छ । संस्थाका अध्यक्ष हरिकृष्ण गौतमको अध्यक्षता, उपाध्यक्ष प्रमिला जोशीको स्वागत तथा सचिव ओमप्रसाद शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित : १३ चैत्र २०७९, सोमबार ०९:०२