काठमाडौं । सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार २६.८७ अंकले घटेर १८८८.३० बिन्दुमा रोकिएको हो ।
आज कारोबार भएका २५९ कम्पनीको ३७ लाख ५४ हजार ३३४ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५३१ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ । जसमा बैंकिङ समूहको उपसूचक १७.५७, विकास बैंक ५३.४३, वित्त कम्पनी १८.८९, होटल १२.५२, जीवन बीमा ८३.०१, उत्पादन तथा प्रशोधन समूहको ८७.३०, माइक्रोफाइनान्स १३३.९१, निर्जीबन बीमा ९९.१५, अन्य समूहको १३.९९ र ट्रेडिङ समूहको उपसूचक ४३.७८ अकले घटेको छ ।
नेप्सेका अनुसार आज मायाखोला हाईड्रोपावर र एशियन हाईड्रोपावरको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ। साथै, जाल्पा विकास लघुवित्त वित्तीय संस्था, जाल्पा सामुदायिक लघुवित्त र युनिक नेपाल लघुवित्तका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरीको भएको छ । कम्पनीको ८ करोड ६२ लाख ८८ हजार ३४१ रुपैयाँको सेयर किनबेच भएको छ ।
Comment